पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्य कुरा गरेर माओवादीले संविधान निर्माण प्रक्रियालाई ओझेलमा पारेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्य कुरा गरेर माओवादीले संविधान निर्माण प्रक्रियालाई ओझेलमा पारेको बताउनु भएको छ । कांग्रेसले शुरु गरेको जन-जागरण अभियान अर्न्तर्गत वीरगंजमा आयोजित आमसभालाई सम्वोधन गर्दै सभापति कोइरालाले राष्ट्रपतिमा डाक्टर रामवरण यादवलाई जिताएर कंग्रेसले विजय हासिल गरेको बताउनुभयो ।
संविधान निर्माण गरेर अर्का जीत हासिल गर्न कंग्रेस लागि परेको बताउनुभयो । कम्यूनिजम र डेमोक्रेसिबीच पयूजन गराउने माओवादीको नीति अन्यौलपूण रहेको बताउँदै सभापति कोइरालाले नेपालमा अस्थिरता भए चीन र भारतमा पनि अस्थिरता हुने चेतावनी दिनुभयो ।
आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीको एकदलीय र्सवसत्तावाद र अधिनायकवादका विरुद्ध कांग्रेस अघि बढेको बताउनुभयो । राज्यको ढुकुटी रित्याएर माओवादीले कार्यकर्तालाई पोसेको आरोप लगाउँदै कब्जा गरिएका घर सम्पत्ति फिर्ता नगरे पुसबाट कांग्रेसले सडक आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
कांग्रेसले जनजागरण अभियान सुरु गरेपछिको यो दोस्रो आमसभा हो । पहिलो आमसभा विराटनगरमा भएको थियो । वीरगन्जमा भएको आमसभामा कांग्रेस कार्यकर्ता र र्सवसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।