तीन महिनापछि सुरु हुने बेईजिङ ओलम्पिक २००८ को ओलम्पिक टर्च सगरमाथाको शिखरमा पुर्याइएको छ ।
तीन महिनापछि सुरु हुने बेईजिङ ओलम्पिक २००८ को ओलम्पिक टर्च सगरमाथाको शिखरमा पुर्याइएको छ ।
चिनियाँ समयअनुसार बिहीबार बिहान नौ बजे चिनिया पर्वतारोहीहरूले ओलम्पिकको ज्योति तिब्वती मोहडाबाट सगरमाथाको चुचुरोमा पुर्याएका थिए ।
पर्वतारोहीहरूले टर्च शिखरमा पुर्याइएको दृश्य चिनियाँ टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । टर्च सगरमाथा पुर्याउने क्रममा स्वतन्त्र तिब्बत पक्षधरहरुले व्यापक विरोध पुर्याउने आशंका गरिएपनि शान्तिपूर्णरुपमा शिखरमा पुर्याउन सकिएकोमा चिनियाँ अधिकारीहरुले खुशी व्यक्त गरेका छन ।
नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले ओलम्पिक टर्च सफलतापूर्वक सगरमाथाको शिखरमा पुर्याईएकोमा चीन सरकार, ओलम्पिक आयोजक कमिटि तथा चिनियाँ जनतालाई बधाई दिनुभएको छ ।
त्यस्तै चीनका लागि नेपालका राजदूत टङ्कप्रसाद कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ओलम्पिक ज्योति पुर्याउन सफल भएकोमा ओलम्पिक खेल आयोजक कमिटी, चीन सरकार तथा चिनियाँ जनतालाई हार्दिक बधाई दिनुभएको छ ।
ओलम्पिक ज्योति सगरमाथाको शिखरमा बिहीबार पुर्याइएपछि नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत कार्कीले विश्वको सर्वोच्च शिखरमा ओलम्पिक ज्योति प्रज्ज्वलन हुनु ओलम्पिकको इतिहासमा प्राप्त एक सर्वोत्कृष्ट उपलब्धि हो भन्दै यो चीन, चिनीयाँ जनता र समस्त मानव जातिकै साझा गौरव र उमङ्गको सुखद क्षण भएको उल्लेख गर्नुभयो ।
उहाँले उक्त सफलताले नेपाल र चीन तथा दुबै देशका जनताबीच रहेको अटल तथा अटुट मित्रतालाई प्रतिविम्बित गरेको पनि स्पष्ट पार्नुभयो ।
ओलम्पिक टर्च सगरमाथा पुर्याउने बेला नेपालतर्फको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।