Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 13th, 2008

राष्ट्रिय फुटबल टिमको नाम घोषणा



एएफसी च्यालेन्ज कपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले सोमबार पत्रकार सम्मेलनमार्फत २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

एएफसी च्यालेन्ज कपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले सोमबार पत्रकार सम्मेलनमार्फत २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

 

घोषित विकास मल्ल, रितेश थापा, किरण चेम्जोङ, राकेश श्रेष्ठ, चुनबहादुर थापा, अञ्जन केसी, विराज महर्जन, लोकबन्धु गुरुङ, प्रदीप महर्जन, विजय गुरुङ, पर्वत पाण्डे, जुमनु र्राई, नीराजन रायमाझी, विसन गौचन, सागर थापा, सन्दीप राई, विकाससिंह क्षेत्री, नीराजन खड्का, राजु तामाङ, सुमन सुवेदी, दीपक भुसाल, अनन्त थापा र भरत खवास रहेका छन् । टिममा यूवा खेलाडीको वर्चस्व छ ।


नेपाली टिमले कम्बोडियामा
मे २४-२८ सम्म प्रतिस्पर्धा गर्नेछ ।  कार्यक्रममा जर्मन प्रशिक्षक थोमस फ्याथले आफूसँगै प्राविधिक निर्देशक भीम थापा, सहायक प्रशिक्षक उपेन्द्रमान सिंह र बालगोपाल महर्जनसँगको छलफलपछि टिमको अन्तिम नामावली तयार पारिएको जानकारी गराए ।


पर्वत पाण्डे
, दीपक भुसाल र किरण चेम्जोङ पहिलोपल्ट राष्ट्रिय टिममा परेका छन् भने अन्तराष्ट्रिय खेलबाट सन्यास लिइसकेका अनन्त थापा टिममा फर्केका छन् । उनले गत वर्षपाकिस्तानमा भएको एएफसी प्रेसिडेन्ट कप फुटबलबाट सन्यास फिर्ता लिएका थिए ।


यसअघि परेका स्ट्राइकर
सन्तोष साहुखल र अनुभवी मिडफिल्डर नवीन न्यौपाने भने टिममा परेनन् । टोली कप्तानको नाम भने अझै खुलाइएको छैन । प्रशिक्षक फ्याथले कप्तानको नाम खेलाडीहरुले नै सल्लाह गरेर छनोट गर्ने जानकारी गराए ।


नेपाली टोली थाइल्यान्ड हुँदै कम्बोडिया जानेछ । थाइल्यान्डमा नेपाली टोलीले
मैत्रीपूर्ण खेल खेल्नेछ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com