Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
January 25th, 2008

आज कतारमा ल्होछार साँस्कृतिक साँझ हुँदै



आप्रवासी तामाङ समाज दोहा, कतारको आयोजनामा हुन गईरहेको "२८४४ औं जीवा ल्होछार (मुसा बर्ष) साँस्कृतिक समारोह साँझ" दोहास्थित अमीर सिनेमा हलमा दिउँसो एक बजे सुरु हुनेछ ।

ल्होछार आउन अझै केहि दिन बाँकी नै छ । सबैतिर यसको चहलपहल बढ्दो छ । नेपाल लगायत विभिन्न मुलुकहरुमा ल्होछारका लागि विभिन्न कार्यक्रमहरुको तयारी भईरहेका छन् ।

 

यसै चहपहलका बीच कतारमा भने ल्होछारको आगमन भइसकेको छ । आज जनवरी २५ का दिन कतारमा भव्य रुपमा ल्होछार साँस्कृतिक साँझ हुन गईरहेको छ । यसले संसारभरका ल्होछारप्रेमीहरुलाई साँच्चिकै ल्होछार आएको भान गराउने अनुमान लगाउन सकिन्छ ।  

 

आप्रवासी तामाङ समाज दोहा, कतारको आयोजनामा हुन गईरहेको "२८४४ औं जीवा ल्होछार (मुसा बर्ष) साँस्कृतिक समारोह साँझ" दोहास्थित अमर सिनेमा हलमा दिउँसो एक बजे सुरु हुनेछ । उक्त कार्यक्रममा त्यहाँ कार्यरत तामाङ तथा गैर तामाङ नेपालीहरुको ठूलो उपस्थिति रहनेछन् । तामाङ समाजले स्थापना कालदेखिनै ल्होछार पर्व मनाउँदै आए पनि यस वर्षको ल्होछार अहिलेसम्मकै व्यवस्थित एवं भव्य रुपमा मनाउन लागिएको बताईएको छ ।

 

कार्यक्रममा विविध तामाङ परम्परा र साँस्कृतिक झाँकी तथा नेपाली नृत्यहरु समेत प्रस्तुत गरिनेछ । कार्यक्रमलाई सफल बनाउन नेपालबाट चर्चित गायक रोज मोक्तान तथा गायिका योगिता मोक्तान दोहा पुगिसकेका छन् । त्यस्तै गायक कुन्साङ वाईवा, नायिका पूजा लामा एवं स्थानीय कलाकार समूहले उपस्थित दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाउने छन् ।

 

कतारमा कार्यरत तामाङहरुलाई मात्र नभई सबै जात जातीका नेपालीहरुलाई ध्यानमा राखी नेपाली भाषामै कार्यक्रम सञ्चालन गरि सबै नेपालीलाई एकै थलोमा समेट्न प्रयास गरिने समाजका संस्थापक, सल्लाहकार एवं कार्यक्रम संयोजक विनेश तामाङले बत्ताउनु भयो । उहाँले आ-आफ्नो कार्यव्यस्तताका कारण समय मिलाउन नसकिएकोले बाध्यताबस ल्होछार आउनु अगाडि नै कार्यक्रम आयोजना गर्नु परेको गुणासो गर्नुभयो ।

 

यस वर्षको कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरु भन्दा भिन्न रहने र कार्यक्रममा करिब दुई हजार दर्शकको सहभागिता रहने उहाँले बताउनुभएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com